Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • तत्काल संसद बैठक बोलाउन कांग्रेसकाे माग

    तत्काल संसद बैठक बोलाउन कांग्रेसकाे माग

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.2K
    SHARES

    File Photo

    काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्ताे माग गरेकाे हाे । बैठकमा शीर्ष नेताका साथै संसदीय फाटका नेताहरुकाे पनि सहभागिता रहेकाे थियाे। प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको जानकारी दिए ।



    बैठकले यही अवस्थामा संवैधानिक परिषद् बैठकले गरेको निर्णय नमान्ने निर्णय गरेको छ भने बिहीबारका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ । सो बैठकमा संसद बैठक बोलाउनका लागि सरकारलाई दवाव दिन थप रणनीति बनाउने बताइएको छ ।



    बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा भएको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार