Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कटुवा पेस्तोलसहित पक्राउ

राैटहट । जिल्ला प्रहरी कार्यालय रौतहटले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा राैटहटका कटहरिया नगरपालिका–७ बगही टोलका राज महमद आलम रहेका प्रहरीले जनाएकाे छ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बिआर ३० डब्लु-४८७३ भारतीय नम्बरको मोटरसाइकलमा सवार आलममाथि शंका लागेपछि खानतलासी गर्दा मोटरसाइकलको सिट कभरभित्र १२ बोरको नल कटुवा बन्दुक बरामद गरिएको छ ।

पक्राउ परेका आलमलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप अनुमति लिई न्यायिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077