Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालुवाटारमा ओली निकट सांसदहरु भरिभराउ, पूर्व माओवादीका मन्त्री पनि सहभागी

    बालुवाटारमा ओली निकट सांसदहरु भरिभराउ, पूर्व माओवादीका मन्त्री पनि सहभागी

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक बालुवाटारमा जारी छ ।

    प्रधानमन्त्री निवासमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् । तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने सहभागी छैनन् ।



    पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन्।



    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका हुन्।

    संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

    आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन् ।

    बैठकमा प्रधानमन्त्री ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल भने अनुपस्थित भएका छन् ।

    यसअघि आइतबार प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यको अनुपस्थितिमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।

    ओलीइतर समूहका सांसदहरूले आइतबार नै उनीविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए।

    ओलीबिना बसेको आइतबारको स्थायी कमिटी बैठकले मंगलबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

    उक्त बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको स्रोतको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार