Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ राजदूत यान्छीले राष्ट्रपतिलाई भेटिन

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् ।

मंगलबार साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी निवास शितलनिवास स्रोतले जानकारी दियाे ।

नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि शितलनिवास पुगेकी हुन् ।

संसद बिघटनपछी यान्छीको राजनीतिक चलेखेल एकाएक बढेको छ।

एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077