Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • ओलीको समर्थन गर्दै पौडेलले भने–कांग्रेस चुनावमा जान्छ

    ओलीको समर्थन गर्दै पौडेलले भने–कांग्रेस चुनावमा जान्छ

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी चुनावको विपक्षमा नरहेको बताएका छन्।

    प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिएको कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।



    नेता पौडेल आफै पनि पनि प्रतिनिधिसभा विघटनको कडा आलोचक हुन्। तर उनैले आज कांग्रेस चुनावबाट भाग्ने पार्टी नभएको बताउँदै चुनाव भएमा नेपाली कांग्रेस पनि चुनावमा जाने बताएका हुन् ।



    संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको शुक्रबार संबैधानिक इजालसल सुनुवाई गर्ने निर्णय गरेकै दिन पौडेलले भने–‘नेपाली कांग्रेसले न्यायपालिकालाई सधैँ मानेकै छ । तत्कालीन एमालेले उसबेला अदालतमा ढुङ्गा हानेजस्तो हान्न जान्नौं, तर फैसलामा पनि अदालत र न्यायाधीशहरूले संविधानको धारा त देखाउनु पर्ला नि, व्याख्या त गर्नुपर्ला।’

    उनले भने–‘हामी चुनाववादी हौँ, चुनावभन्दा भाग्ने होइनौँ। तर चुनाव हुन्छ र ? मेरो चिन्ता यही हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार