Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

किसान श्रेष्ठ भन्छन् - रामचन्द्र पौडेल पहिला हारेकै हुन, फेरी पनि हराउन म नै काफी छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ 'किसान'ले काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई  हराउन आफु नै काफी भएको बताएका छन् ।

विहिबार पार्टीको केन्द्रीय समितिको बैठक पछि सन्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेकपा केन्द्रीय श्रेष्ठले तनहूँबाट रामचन्द्र पौडेललाई आगामी निर्वाचनमा आफुले नै हराउने दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ एक टेलिभिजन अन्तवार्तामा रामचन्द्र पौडेलले तनहूँमा चुनाव जित्न नसक्ने भएर नै चुनावको विरोध गरेको भन्ने आरोप लगाएपछि काँग्रेस नेता पौडेलले विहिबार आफुँसँग तनहूँमा चुनाव लड्न प्रधानमन्त्री केपी शर्मालाई चुनौती दिएका थिए ।

पौडेलको सो चुनौतीपछि विहिबार नै निवर्तमान सांसद श्रेष्ठले पौडेललाई हराउन प्रधानमन्त्रीको जरुरत नभएको भन्दै आफु नै काफी भएको दावी गरेका हुन् ।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेदबार श्रेष्ठले काँग्रेस बरिष्ठ नेता पौडेललाई करिब ६ हजार पाँच सय मतको अन्तरमा पराजित गरेका थिए ।

पौडेलले २६ वर्षसम्म तनहूँमा नगरेको विकासको काम आफुले ३ वर्षमा गरिसकेको भन्दै नेकपा नेता श्रेष्ठले अझ अर्कोपटक पौडेललाई नै चुनावमा हराएर आई थप विकास गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077