Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाललाई भेट्न चिनियाँ राजदूत कोटेश्वरमा

काठमाडौं । संसद विघटनपछि टुक्रिएको सत्तारुढ दलका नेताहरुलाई भेटेर विवादमा तानिएकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेकी छन् ।

राजदूत यान्छी अहिले दिउसाे नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी हुन् । उनीहरूबीच पछिल्लाे राजनीतिक घटनाक्रमका बारेमा छलफल भएकाे बुझिएकाे छ ।

यसअघि यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेकी थिइन् ।

संसद विघटनपछि चिनियाँ राजदूत यान्छीको राजनीतिक सक्रियता एकाएक बढेको छ । जसलाई लिएर कुटनीतिक बृत्तमा विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077