Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ राजदूत यान्छी र पूर्व सभामुख महराबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले पछिल्लाे केहीदिनयता राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छिन् ।

सत्तारूढ दल नेकपा औपचारिक रुपमा अलग-अलग कित्तामा रहेर कानुनी लडाईमा रहेका बेला उनले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी हुन् ।

चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार पुर्व सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गरेकी छिन् । चिनियाँ राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएकाे छ ।

नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियाँ राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चासो राखेको स्रोतको दावी छ ।

यसअघि चिनियाँ राजदूतले नेकपाका अध्यक्ष प्रचण्ड र पुर्व उर्जामन्त्री वर्षमान पुन, नेकपा अध्यक्ष माधबकुमार नेपालसँग भेटवार्ता गरेकी थिईन ।

साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077