Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

    संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 3.9K
    SHARES

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा संघीय संसदकाे प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागि हुन अपिल गरेका छन् ।

    कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका हुन् ।



    विज्ञप्तिमा देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत भएको उल्लेख गर्दै भनेका छन्, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’



    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गत मंगलबार प्रतिनिधिसभा विघटन गरिएको थियाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार