Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चीनमा स्कूल बाहिर अन्धाधुन्ध चक्कू हमलाः ७ को मृत्यु, ७ घाइते

    चीनमा स्कूल बाहिर अन्धाधुन्ध चक्कू हमलाः ७ को मृत्यु, ७ घाइते

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 2.7K
    SHARES

    एजेन्सी । चीनको उत्तर पूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेका छन् ।

    मिडियामा प्रकाशित रिपोर्ट अनुसार हमलामा सातजनाको घाइते भएको छ।



    लिओनिंग प्रान्तको एउटा सानो शहर कायायुआनमा भएको हमलामा सातजना घाइते पनि भएका छन् । सरकारी समाचार एजेन्सी शिन्ह्वाको रिपोर्ट अनुसार प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ । यद्यपि, हमला के कति कारणले गरियो, त्यसको कुनै स्पष्ट जानकारी भने छैन ।



    प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रिपोर्टमा भनिए अनुसार उनीहरुले एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेको देखे । चीनमा यस्तो प्रकारको हिंस्रक अपराध तुलनात्मक रुपमा कमै हुन्छन् तर पछिल्लो केही वर्षमा चक्कू वा धारिलो हतियारले हमला गर्ने घटना बढ्दो छ ।

    यस्तो प्रकारको हमलामा साधारणतया ती मानिसहरु संलग्न हुन्छन् जो कुनै मानसिक रोगसँग जुधिरहेका हुन्छन् वा कसैसँग बदला लिन चाहेका हुन्छन् । हङ्गकङको साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) समाचार पत्रको रिपोर्ट अनुसार कायायुआनमा चक्कुमार्फत् जुन हमला भएको छ, त्यहाँ संदिग्धले स्थानीय समयानुसार करिब ८ बजे चक्कू हमला गर्न सुरु गरेका हुन् ।

    प्रहरीका अनुसार संदिग्धलाई पक्राउ गर्ने बेला एक प्रहरी अधिकारी पनि घाइते भएका छन् । यद्यपि, हमलामा घाइते भएका मानिसहरुबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । एक प्रत्यक्षदर्शीले एससीएमपीलाई दिएको जानकारी अनुसार हमला एक स्कूल बाहिरबाट सुरु भएको हो र हमलाका शिकार धेरैजसो कि त मध्यम आयु वर्गका महिला वा वृद्धा हुन् ।

    लियू उपनाम भएकी एक महिलाले भनिन्, ‘यो त राहतको कुरा हो कि आज स्कूल बन्द छ । नभए थुप्रै मानिस यसको शिकार हुने थिए ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार