Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मनिषा कोइराला भन्छिन् - नेपालीले नेपाललाई माया गरौं

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालीहरुले नेपाललाई माया गर्नुपर्ने बताएकी छिन्।

कोइरालाले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको नक्सामा समावेश गर्ने नेपाल सरकारको कदमको स्वागत गर्दा भारतमा आलोचना भएको विषयमा सोधिएको प्रश्नमा सामाजिक अभियन्तासमेतर रहेकी अभिनेत्री भारतीयले आफ्नो नजरबाट भारतलाई माया गरेको र नेपालीले नेपाललाई माया गर्नुपर्ने बताइन्।

‘भारतीयले भारतलाई माया गर्छन्। त्यसैगरी नेपालीहरुले नेपाललाई माया गर्नुपर्छ,’ उनले भनिन्। कालापानीबारे बोल्दा त्यतिबेला भारतीय मिडियामा ‘खाते भारतको गाते है चीनको’ भनेर आलोचना भएको थियो। भारतीय नागरिकहरुले पनि विरोध जनाएका थिए।

मनिषाले पुस २७ गतेको दिन पृथ्वी जयन्ती भव्य रुपमा मनाउन सबै नेपालीलाई आह्वान गरेकी छिन् । ‘श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सबै नेपालीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउ। जय नेपाल,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077