Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एक किलो अफिमसहित दुईजना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिकाका तिर्थबहादुर गोले र भोजपुर टेक्केमैयुमका प्रकाश सुयल छन् ।

उनीहरुलाई महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–१४ कुलेश्वर स्थित एउटा होटलबाट १ किलो १ सय ग्राम अफिमसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077