Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विप्लवको नाममा पोखरामा हतियार आतंक : २५ लाख फिरौती माग्ने वास्तोला हिरासतमा

विप्लवको नाममा पोखरामा हतियार आतंक : २५ लाख फिरौती माग्ने वास्तोला हिरासतमा

सोमवार , आषाढ १, २०८३

पोखरा । पर्यटकीय नगरी पोखरा यतिबेला एउटा गम्भीर र डरलाग्दो आपराधिक सञ्जालको चंगुलमा फसेको खुलासा भएको छ । 

तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नाममा पोखरामा फेरी आतंक शुरु भएको छ । 

राजनीतिक शक्तिको फेरो समातेर पोखराका स्थापित व्यवसायी, शैक्षिक संस्था, अस्पताल र सार्वजनिक सम्पत्तिमाथि लगातार भइरहेका क्रूर डकैती, आगजनी, अपहरण र फिरौती असुलीको एउटा लामो र संगठित फेहरिस्त फेला परेको छ ।

गएको जेठ ९ गते साँझ लेकसाइडस्थित होटल र ‘फ्रेस इलिमेन्ट्स’ रेष्टुरेण्टका सञ्चालक ५४ वर्षीय रामचन्द्र कार्कीसँग २५ लाख फिरौती माग्ने क्रममा मुख्य अभियुक्त प्रकाश बास्तोला (बिरौटा निवासी) वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा परेपछि यो गिरोहको आपराधिक साम्राज्यको दैलो उघ्रिएको हो ।

वास्तोला अहिले प्रहरी हिरासतमा छन् । उनीमाथिको अनुसन्धान सम्पन्न भएपछि प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

के भएको थियो त्यो साँझ ?

मिति २०८३ साल जेठ ९ गते साँझ अन्दाजी ८ः०० बजे प्रकाश बास्तोला र उनका साथीहरू व्यवसायी रामचन्द्र कार्कीको होटल कम्पाउण्डमा प्रवेश गर्छन् । 

आफूलाई विप्लव समूहको कार्यकर्ता चिनाउँदै उनीहरूले सिधै २५ लाख रुपैयाँको ‘चन्दा’ (फिरौती) माग गर्छन् । व्यवसायीले असमर्थता जनाउनासाथ बास्तोलाले मोबाइल (नम्बर ९८५६०५१२९३) निकालेर एउटा स्वचालित बन्दुक र रगत लतपतिएको विभत्स लासको फोटो देखाउँदै भन्छन्— “हाम्रो कुरा सुनिस् भने तेरो र तेरो परिवारको हालत यस्तै हुन्छ ।’

तर्साउने क्रम यतिमा रोकिँदैन । बास्तोलाले घमण्डका साथ प्रहरी प्रशासनलाई चुनौती दिँदै भनेका थिए–‘मविरुद्ध पहिले नै २२ वटा मुद्दा दर्ता छन्, एउटा मुद्दाले केही गर्दैन । प्रहरी महानिरीक्षक दानबहादुर कार्की सरमाथि समेत बम प्रहार गर्ने र प्रहरीलाई सजाय दिने मै हुँ । मेरो घरमा अझै ७ वटा बम तयारी अवस्थामा छन् ।’

व्यवसायीको परिवार र बच्चाको रेकी (निगरानी) समेत गरिसकेको भन्दै बम हानेर सखाप पार्ने धम्की दिएर यो गिरोह निस्किन्छ र लगत्तै कार्कीकै अर्को रेष्टुरेण्ट फ्रेस ईलेमेन्ट्समा पुगेर फेरि धम्क्याउन थाल्छ । 

तर, व्यवसायी र स्टाफको चलाखी तथा प्रहरीको तत्कालको एक्सनका कारण बास्तोला घटनास्थलबाटै रङ्गेहात समातिन्छन् । हाल यो मुद्दालाई अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल समक्ष अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रहरी हिरासतमा रहेका प्रकाश बास्तोलालाई छुटाउन आफूलाई पत्रकार भन्ने एक व्यक्ति सक्रिय भएर लागेको स्रोत बताउँछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077