Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लव, घनश्याम र जनार्दनको संयुक्त आह्वान – कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तबीच सहकार्य गरौँ

विप्लव, घनश्याम र जनार्दनको संयुक्त आह्वान – कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तबीच सहकार्य गरौँ

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ʻविप्लवʼ, घनश्याम भुसाल र जनार्दन शर्माले कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तबीच सहकार्यका लागि आह्वान गरेका छन् ।

शुक्रबार तीन नेताले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनीहरुले ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएको उल्लेख गरेका हुन् ।

ʻराष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ। मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चस्व बचाउन चाहन्छन्,ʼ विज्ञप्तिमा भनिएको छ,ʻत्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ। पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ।ʼ

राष्ट्रमाथि चौतर्फी सङ्कट आएको परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077