Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लव र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा भेटवार्ता

विप्लव र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा भेटवार्ता

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिति र आगामी निकासका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, विप्लवले वर्तमान सरकारलाई आफूहरूको पूर्ण साथ र समर्थन रहेको बताएका थिए ।

विप्लवले अहिलेको राजनीतिक परिस्थितिको सुरक्षित निकासका लागि राजनीतिक दलहरूबीचको समझदारीलाई अझ फराकिलो र बृहत् बनाउँदै लैजान सुझाव दिएका थिए ।

उनले जेनजीले उठाएका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए । भेटमा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि उपस्थिति थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077