काठमाडौं । अभिनेत्री मनिषा कोईरालाले राष्ट्रीय एकता दिवसको अवसरमा सरकारले गरेको व्यवहार निन्दनीय भएको बताएकी छिन् ।
पृथ्वी जयन्तीका अवसरमा काठमाडौंमा र्याली निकाल्ने क्रममा भएको झडपको प्रसंगलाई उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमामार्फत् लेखेकी छन्, ‘राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रद्धाञ्जली दिज नापाउने? आमव्यक्तिको भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।
अर्कोतिर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा , सिंहदरबार मुल प्रवेशद्वारमा रहेको राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्न पुगेकाहरुमाथि भने प्रहरीले धरपकड गरेको थियो । जुन कुराको कोइरालाले बिरोध गरेकी हुन।

सिंहदरबारमा रहेको शालिकमा माल्यार्पण गर्न बाजागाजासहित पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्तालाई प्रहरीले ‘कन्ट्रोल’ गर्न खोज्दा तनाव उत्पन्न भएको थियो ।
मुल सडक नै अवरुद्ध हुने गरी आएको र्यालीलाई प्रहरीले सडक पेटीतर्फ हिँडाउन खोज्दा तनाव उत्पन्न भएको थियो, जहाँ प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भएका थिए ।
प्रहरीले लाठीचार्ज गरेको भन्दै राप्रपा कार्यकर्ताले निषेधित क्षेत्र सिंहदरबारको मुलगेटमै केहीबेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।
र्यालीको नेतृत्व गरेका राप्रपा अध्यक्ष पशुपति शमशेर राणा पनि प्रहरीको धरपकडमा परेका थिए ।
प्रहरीको कदमको निन्दा गर्दै अध्यक्ष राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको समेत बताए ।
https://twitter.com/mkoirala/status/1348570056221868035
https://twitter.com/mkoirala/status/1348577136869691397