Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कांग्रेस सभापति देउवा भन्छन् – अदालतलाई सडकबाट प्रभावित नगरौं

    कांग्रेस सभापति देउवा भन्छन् – अदालतलाई सडकबाट प्रभावित नगरौं

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकबाट अदालतको निर्णय प्रक्रियालाई प्रभावित गर्न नहुने बताएका छन् ।

    पर्वतको शंकरपोखरीमा आयोजीत एक कार्यक्रममा सभापति देउवाले संसद विघटन सम्बन्धि मुद्धालाई सडकबाट प्रभावित गर्न नहुने बताएका हुन् ।



    संसद विघटन गर्नु गल्ती भएपनि अदालतले दिने निर्णय कांग्रेसले स्विकार गर्ने देउवाको भनाई थियो । उनले सडकबाट नै माग पुरा गराउने हो भने, अदालतको औचित्य सकिने समेत बताए ।



    विचारधिन मुद्धामा सडकमा निस्केर यस्तो निर्णय गर भन्नु लोकतन्त्रको मर्म विपरित रहेको उनको तर्क थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार