Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भरतपुर महानगरद्वारा गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न चार करोड सहयोग

    भरतपुर महानगरद्वारा गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न चार करोड सहयोग

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 2.9K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चार करोड रुपैयाँ सहयोग गरेको छ ।

    धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेशनलाई चार करोड दिइसकेको छ ।



    महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन । सो अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए ।



    उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पुर्‍याउने बताए । रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

    चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार