Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शहीदका सपना पूरा गर्न सानातिना मतभेदलाई बिर्सेर अगाढी बढौं : सभापति देउवा

    शहीदका सपना पूरा गर्न सानातिना मतभेदलाई बिर्सेर अगाढी बढौं : सभापति देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवले देश र लोकतन्त्रको हित तथा रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन् ।

    शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेबारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त, समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेबार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।



    सन्देशमा भनिएको छ–‘लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको स्वतन्त्रता र अभिमानको रक्षा हुन्छ, यसबाट नै बिसंगतीको अन्त्य हुन्छ । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार