Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेसका १३ भ्रातृ संगठनले सोमबार देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

१३ भातृ संगठनहरूले आइतबार सयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका हुन् ।

कांग्रेसको माघ १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामै प्रदर्शन गरिँदैछ ।

भोलिको प्रदर्शनमा कांग्रेसका भ्रातृ संस्थाहरुले संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनताका मुद्दालाई अघि सारेरका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077