Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गृहमन्त्रीसँगको छलफपछि सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

गृहमन्त्रीसँगको छलफपछि सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सोमवार , श्रावण ११, २०८३

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु तथा १६ जना घाइते भएको घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले गृह मन्त्रालयका गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।

आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्।

घाइते प्रदर्शनकारीहरूको कोशी अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ भने प्रहरीतर्फ घाइते हुनेमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव तथा अन्य चार प्रहरी कर्मचारी रहेका छन्।

 देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077