Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

देवानगञ्ज हिंसा : थप ८ जनालाई गोली लागेको खुलासा, १३ प्रहरी पनि घाइते

देवानगञ्ज हिंसा : थप ८ जनालाई गोली लागेको खुलासा, १३ प्रहरी पनि घाइते

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपमा प्रहरीले हानेको गोली थप आठ जनालाई लागेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । थप अन्य आठ जनालाई पनि गोली लागेको खुलेको हो ।

सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार थप आठ जना गोली लागेर घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी कुल २२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रारम्भिक जानकारीअनुसार साउने सोमबारको अवसरमा हिन्दु धर्मावलम्बीले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूह र अर्को समूहबीच विवाद भएपछि झडप सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो।

घटनापछि सम्भावित थप हिंसा रोक्न जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज, हरिनगर, भुटाहा, कप्तानगञ्ज र घुस्की लगायतका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077