Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नागढुङ्गा सुरुङमार्ग उद्घाटन अघि स्थानीयको विरोध, प्रहरीले गर्‍यो हस्तक्षेप

नागढुङ्गा सुरुङमार्ग उद्घाटन अघि स्थानीयको विरोध, प्रहरीले गर्‍यो हस्तक्षेप

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन अघि स्थानीयले विरोध गरेका छन् ।

आज पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्न लागिएको छ ।

तर नागढुङ्गा सुरुङमार्ग पीडित सङ्घर्ष समितिले आफ्ना समस्याहरू सम्बोधन हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । 

सुरुङमार्गको उद्घाटन भइरहँदा चन्द्रागिरि नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका छन् । समितिको धर्नालाई प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीयले विभिन्न माग राखेर बलम्ब फ्लाइओभर नजिकै धर्नामा बसेका थिए ।

ब्यानरसहित धर्नामा बसेका उनीहरुलाई प्रहरीले हटाएको हो ।

पीडित बासिन्दाहरूले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने र सडक पेटी फराकिलो बनाउनुपर्ने माग गरेका छन् । आयोजनाबाट प्रभावित पीडितहरूलाई रोजगारी सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । 

यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको उचित व्यवस्था हुनुपर्ने र फ्लाई ओभरको काम यथाशीघ्र सुरु गर्दै त्यसको नामाकरण ‘किसिपिडी फ्लाई ओभर’ गरिनुपर्ने उनीहरुको माग छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077