Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

८० महिनापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तीन महिना परीक्षण सञ्चालन

८० महिनापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तीन महिना परीक्षण सञ्चालन

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । काठमाडौं–धादिङ जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन। सुरुका करिब तीन महिना परीक्षण सञ्चालन (ट्रायल ओपनिङ पिरियड) गरिनेछ, जसमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय र अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालन गर्न दिइनेछ।

परीक्षण अवधिभर कुनै शुल्क नलाग्ने भए पनि नियमित सञ्चालनपछि सवारीको प्रकारअनुसार शुल्क लागू हुनेछ। सडक विभागका अनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि ८० देखि ११५ रुपैयाँ तथा बस र ठूला ट्रकका लागि २०० देखि २६० रुपैयाँ शुल्क तोकिएको छ।

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए।

यो सुरुङ २०८० वैशाख १३ गते सक्ने गरी जापान सरकारको सहुलियत ऋण सहयोगमा जापानी कम्पनी हाजमा(आन्दो जेभीले निर्माणको जिम्मा पाएको थियो ।

तर, कोभिड  १९ को कारण देखाई २०८० साउन ४ गतेसम्मका लागि पहिलो पटक म्याद थप भएको थियो । तर उक्त अवधिमा पनि सम्पन्न हुन नसकेपछि पुनः स्थानीयको विवाद लगायतका कारण निर्माणमा ढिला भएको कारण देखाइ म्याद थपेर २०८१ वैशाख १३ सम्म पुर्‍याइएको थियो । यस म्यादमा पनि निर्माण सम्पन्न हुन सकेन यसपछि तेस्रो पटक पुनः म्याद थपेर २०८२ कात्तिक ८ गतेसम्म पुर्‍याइएको थियो ।

यस अवधिमा सुरुङ निर्माण सकिसकेको थियो । तर धादिङतर्फको सडकमा गएको पहिरो र अन्य प्राविधिक काम बाँकी रहेको भन्दै चौथो पटक म्याद थपेर २०८३ वैशाख १२ सम्म पुर्‍याइयो थियो। 

आयोजनाको सुरुवाती लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि पटक पटक म्याद थप हुँदा करिब २९ अर्ब पुगेको छ ।

यसअघि सुरुङमार्ग सञ्चालन २०८२ माघमा गर्ने लक्ष्य राखिएको भए पनि फेरि सरेर साउनमा पुर्‍याइएको हो ।

तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको र पूर्वप्रधानमन्त्री ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले मुख्य सुरुङको ‘ब्रेकथ्रु’ गरेको यो आयोजना निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आएको हो।

काठमाडौंको दहचोक टोटीपाखादेखि धादिङको सिस्नेखोलासम्म फैलिएको यस सुरुङमार्गबाट नागढुङ्गा सडकखण्डको जाम र घुमाउरो बाटो छल्न सकिने भएकाले यात्राको समय करिब एक घण्टासम्म घट्ने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077