Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका धनगढीका चौधरीको मृत्यु

आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका धनगढीका चौधरीको मृत्यु

सोमवार , श्रावण ११, २०८३

धनगढी । आत्मदाहको प्रयास गरेका कैलालीको धनगढी उपमहानगरपालिका–३ का एक युवकको मृत्यु भएको छ ।

आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ज्योती चौधरीको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३५ वर्षीय ज्योती चौधरीले साउन ९ गते साँझ करिब ७ः३० बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

घटनालगत्तै आफन्तले उनलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए ।

प्रहरीका अनुसार चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो र उनको अवस्था अत्यन्त गम्भीर रहेको थियो ।

सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो । तर परिवारले उनलाई थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरेको थियो ।

उपचारका लागि काठमाडौं लैजाँदै गर्दा धादिङ पुगेपछि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृतकको शव घरमा ल्याइएको छ भने पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। आत्मदाह प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077