Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

दुई असईसहित ११ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर नभए जागिर 'चैट' !

दुई असईसहित ११ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर नभए जागिर 'चैट' !

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि आफूखुसी ड्युटीमा गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सात दिनभित्र सम्पर्कमा आउन अन्तिम निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सम्बन्धित कर्मचारीलाई निर्देशन दिएको हो ।

प्रधान कार्यालयका अनुसार यसअघि खोजतलास गर्नुका साथै सम्बन्धित कार्यालयहरूमा सूचना टाँस गर्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचनामार्फत अन्तिम अवसर प्रदान गरिएको हो।

सूचनामा तोकिएको समयभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गतको कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने (बर्खास्त गर्ने) कारबाही गरिने चेतावनी दिइएको छ।

सम्पर्कविहीन हुनेमा दुई जना प्रहरी सहायक निरीक्षक र अन्य प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी रहेका छन्।

सात दिनभित्र हाजिर हुन निर्देशन दिइएकामा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका असई तीर्थबहादुर बुढा र इलाका प्रहरी कार्यालय लेकबेसी, सुर्खेतका असई दुर्गाराज मल्ल रहेका छन्।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी निवास गार्ड, ओखलढुंगामा कार्यरत प्रहरी जवान नागेश्वर यादव, मधेस प्रदेश प्रहरी तालिम केन्द्रका प्राविधिक प्रहरी जवान सुबोधप्रसाद पटेल, भरतपुर विमानस्थल सुरक्षा गार्डका प्रहरी जवान देवकृष्ण राउत, इलाका प्रहरी कार्यालय चन्द्रावती, तनहुँकी प्रहरी जवान जयन्ती थापामगर तथा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी जवान सञ्जय परियार पनि लामो समयदेखि सम्पर्कविहीन रहेका छन्।

यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी जवान गीता मेदासी, प्रहरी जवान राजकुमार रावत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान ध्रुवराज पाध्या तथा कारागार सुरक्षा गार्ड, लमजुङका प्रहरी कार्यालय सहयोगी सुरेश कुमाललाई पनि सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिइएको छ।

प्रहरी प्रधान कार्यालयले तोकिएको समयभित्र सम्पर्कमा नआए कानुनबमोजिम सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

2026-07-26-11-49-29-2083-04-11-17

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077