Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

११ किलो गाँजासहित अटो चालक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ११ किलो गाँजा बोकेको अटो र त्यसका चालकलाई पक्राउ गरेको छ।

मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका(१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा र अटो बरामद गरेको हो ।

ना २ ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दमाईको साथबाट ६७ हजार नेपाली र भारु २५०० फैला परेको प्रहरीले जनाएको छ। चालक पर्साको सखुवा पर्सौनी गाउँपालिक(२ का हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077