Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दक्षिण अफ्रिकामाथि पाकिस्तानको क्लिन स्विप

    दक्षिण अफ्रिकामाथि पाकिस्तानको क्लिन स्विप

    अनलाइन नेपाल
  • सोमबार, २६ माघ २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । पाकिस्तानले दक्षिण अफ्रिकालाई दोस्रो टेस्टमा ९५ रनले पराजित गरेको छ । पहिलो टेस्ट ७ विकेटले जितेको पाकिस्तानले दोस्रो टेस्टमा सोमबार दुई टेस्टको शृंखला २–० ले जित्दै क्लिन स्विप गरेको छ ।

    सोमबार घरेलु मैदानमा दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिकालाई पाकिस्तानले ९५ रनले पराजित गर्दै दुई टेष्ट खेलको सिरिजमा क्लिनस्विप गरेको हो । पाकिस्तानले दक्षिण अफ्रिकालाई सन् २००३ पछि पहिलो पटक टेष्ट सिरिजमा पराजित गरेको हो ।



    जितका लागि ३ सय ७० रन पछ्याएको दक्षिण अफ्रिका पाँचौँ तथा अन्तिम दिन २ सय ७४ रन बनाएर अलआउट भएको थियो । हसन अलीले पाँच विकेटको लिएपछि दक्षिण अफ्रिका हार बेहोर्न बाध्य भयो ।



    एडेन मारक्रम र टेम्बा बभुमाले चौथो विकेटका लागि शतकीय साझेदारी गरेर जितको लक्षण देखाएक थिए। तर अलीले मारक्रमसँगै कप्तान क्विन्टेन डि ककलाई लगातार बलमा आउट पारेपछि पाकिस्तानको जितको आधार तयार भएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार