Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद्का पछिल्ला निर्णय

काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४६ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सो कुराको जानकारी दिएका हुन्।

त्यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्ति गर्ने निर्णय पनि गरेको छ । वन तथा वातावरुण मन्त्रालयको प्रस्तावमा लुम्बिनी केवलकार प्रालिलाई रुपन्देही र पाल्पा जिल्ला अन्र्तगतको ६ दशमलव २७ हेक्टर राष्ट्रिय वन क्षेत्र २५ वर्षका लागि प्रयोग गर्न दिएको छ ।

त्यसैगरी सरकारले शिक्षा नवौ शंसोधन नियमावली संशोधन २०७७ स्वीकृत गरेको छ । निर्वाचन आयोगको दरवन्दी तथा माध्यमिक कक्षा एसईई प्रदेश सरकारले सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा पहिलो चरणमा बैशाख १७ प्रदेश २, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश अन्र्तगतका जिल्लामा र बैशाख २७ मा बाँकी प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

जस अन्तर्गत पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन सम्पन्न गर्न निर्वाचन कार्यलयलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी मलेसियाको सामाजिक सुरक्षा संस्थाहरुसँगको समझदारी पत्र स्वीकृत तथा हस्ताक्षरका लागि अख्तियारी प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077