Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रमुख आयुक्त राईले भने–भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको बाधक हो

काठमाडौँ । अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सामाजिक निकाय तथा सार्वजनिक सेवा क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको प्रमुख बाधक भएको बताएका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औ वार्षिकोत्सव तथा स्थापना दिवसको अबसरमा प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।

राजनीतिक परिवर्तनसँगै मुलुकले नयाँ संविधान पाएसँगै क्रमशः विकास, निर्माण तथा सुधारका कामहरु अघि बढिरहे पनि तथा आर्थिक तथा सामाजिक क्षेत्र सुधार उन्मुख रहेपनि अझैं भ्रष्टाचार तथा अनियमितताका घटनाहरु नरोकिएको भन्दै यो नै मुलुक विकासको प्रमुख चुनौंती भएको राईको भनाइ छ ।

यसका लागि सबै क्षेत्रबाट भ्रष्टाचार उन्मुलनमा लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077