Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

वैशाखको चुनाव घोषणा गर्नु ओलीको तानाशाही र फाँसिवादी तन्त्र हो : गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य देव गुरुङले केपी शर्मा ओलीले वैशाखमा चुनाव गर्ने भनेको तानाशाही तन्त्र, फाँसिवादी तन्त्र कायम राख्नु भएको बताउँदै त्यो प्रधानमन्त्रीको रबर स्टाम्पमा बनाइने सांसद भएको दावी गरेका छन् ।

नेपालको संविधानले पाँच वर्षमा हुने आवधिक निर्वाचनलाई मात्र मान्ने भन्दै गुरुङले भने–‘ताजा जनादेशको नाममा वैशाखमा चुनाव गर्ने भनिएको छ । नेपालको संविधानले पाँच वर्षको आवधिक निर्वाचन मान्छ ।’

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै गुरुङले ओलीको ‘तानाशाहीतन्त्र’ पतन नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

संविधान र लोकतन्त्रको रक्षा गर्न जनतालाई विरोधमा उत्रिन आग्रह गर्दै उनले भने–‘ओलीको तानाशाहीतन्त्र विरुद्ध, गणतन्त्र, लोकतन्त्रको रक्षाका निम्ति नेपाली जनता फेरि एकजुट हुनुपर्ने आवश्यकता छ । जबसम्म केपी ओलीको ‘तानाशाहीतन्त्र’को पतन हुँदैन, त्यसलाई पराजित गर्न सकिँदैन तबसम्म आन्दोलन जारी रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077