Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सर्वोच्चले संसद् पुनःस्थापना नगरे अहिलेको आन्दोलन जनविद्रोहमा परिणत हुन्छ : देव गुरुङ

रूपन्देही । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले संसद् पुनर्स्थापना नभए अहिलेको आन्दोलन जनविद्रोहमा परिणत हुनसक्ने बताएका छन्।

शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गुरुङले सर्वोच्चले संसद् विघटनलाई बदर गरेमा प्रतिनिधि सभा स्वतः सुचारु हुने र नभए आन्दोलनको बलमा पुनःस्थापना हुने दाबी गरे।

‘प्रतिनिधि सभा विघटनकोे विरोधमा सबै दल, नागरिक समाज र मिडिया उभिएका छन्,’ उनले भने, ‘सर्वोच्चले संविधानअनुसार संसद् पुनःस्थापना गर्छ भन्ने विश्वास छ, नभए आन्दोलनले गर्छ।’

उनले वैशाखका लागि तोकिएको चुनाव संविधान विपरीत भएकाले त्यो हुनै नसक्ने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077