Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कामचलाऊ सरकारले प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकोप्रति कांग्रेसको आपत्ति

    कामचलाऊ सरकारले प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकोप्रति कांग्रेसको आपत्ति

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा शुक्रबार भएको प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति आपत्ति जनाएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कामचलाउ स्थितिमा पुगेको सरकारले स्वेच्छाचारी ढंगले बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने बताएका हुन् ।



    केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउने कार्य गरेको र निर्वाचन घोषणा गर्ने तर बर्खास्त र नियुक्तितर्फ लाग्नु आपत्तिजनक भएको कांग्रेसले टिप्पणी गरेको छ ।



    सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ । विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार