Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाँजा काण्डमा वडाध्यक्ष पक्राउ पर्दा गाउँपालिकाका अध्यक्षको आपत्ति

हेटौंडा । गाँजा खानतलासी गर्ने नाम मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले वडा नम्बर १ का वडाध्यक्ष कान्छाराम रुम्बालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।

शनिबार राति गाँजा खानतलासी गर्ने नाममा स्थानीयवासीमाथि दुर्व्यवहार र लुटपाट मच्चाएको भन्दै गाउँपालिका अध्यक्ष मल्लले आपत्ति जनाएका छन् । उनले सत्यतथ्य छानविन गर्दै दोषीउपर कारबाही गर्नुपर्ने बताए ।

अध्यक्ष मल्लले वडा अध्यक्ष रुम्बाको तत्काल रिहाईको माग गरे । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ स्थित घ्याङ्सिङटार पारीभित्ता भन्ने ठाउँमा गाँजा खोज्न गएको प्रहरीको टोली र प्रहरीसेवा भन्दा बाहिरका व्यक्तिहरुले स्थानीय व्यवसायीलाई धम्काएर बियर र नगद रकम माग गरेपछि स्थानीयवासीले प्रतिकार गरेको र सोही क्रममा प्रहरीले वडाध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ ।

प्रहरीहरुले गाँजाको खानतलासी गर्न आएको बताएपछि स्थानीयहरुले प्रहरीलाई सहयोग गरिरहेका थिए ।

तर, सोही टोलीले स्थानीय कान्छामान स्याङ्तानको पसलबाट बियरका कार्टुन, डिउका कार्टुन अन्य सामानहरु तथा नगदसमेत लुटपाट गर्न थालेपछि स्थानीयले प्रतिकार गरेका थिए ।

गाँजा खानतलासी गर्ने नाममा प्रहरीले स्थानीय पसलको समान र नगद नै लुटेको भन्ने गुनासो सुनेपछि वडाध्यक्ष रुम्बा घटनास्थलमा पुगेका थिए ।

स्थानीयमाथि ज्यादती भएको भन्दै विरोधमा उत्रिएका वडाध्यक्ष रुम्बालाई अन्ततः प्रहरीले पक्राउ गरेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077