Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विकसित घटनाक्रमपछि राजनीतिक सक्रियता वढाउँदै चिनियाँ राजदूत

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले  बदर गरेपछि विकसित भएको राजनीतिक घटनाक्रमलाई लिएर नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीसहितको चिनियाँ समूहले सक्रियता देखाएको छ।

नेकपामा आन्तरिक विवाद बढिरहेका वेला  राजदूत  यान्छीले राजनीतिक भेटवार्ता तीव्र पारेकी छिन् ।

राजदूत यान्छीले चितवनबाट काठमाडौँ फर्के लगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई भेट्ने योजना बनाएको नेकपा स्रोतले उल्लेख गरेको छ।

नेकपा स्रोतका अनुसार यान्छीले शुरुमा अध्यक्ष माधव नेपाललाई भेट्ने योजना बनाएकी छन्।

सत्तारुढ नेकपामा विवाद बढ्दा  राजदूत यान्छी  विवादित भेटघाटमा सक्रिय थिइन।

उनले यसअघि नेकपा फुट्न नहुने चिनियाँ राष्ट्रपति सि जिनपिङको सन्देश भन्दै राष्ट्रपति  विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष प्रचण्ड र नेपाललगायतका नेताहरुसँग भेटेर वार्ता गरेकी थिइन।

राजदुत यान्छीले प्रचण्ड-नेपाल समुहले केपी ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई पार्टी अध्यक्ष बनाएपछि पहिलो पटक पुष १० गते माधव नेपाललाई भेटेकी थिइन ।

गत वैशाख १७ मा पनि प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि बढेको विवाद मिलाउन उनले ठुलो भूमिका खेलेकी थिइन।

केही दिन अघि मात्र यान्छीले , सन् २०२० मा मात्र केरुङ र खासा नाकाबाट चीनले ३६ अर्ब नेपाली रुपैयाँ बराबर निर्यात गरेको गलत तथ्याँक पेश गरेर थप बिबादमा तानिएकी थिइन।

जबकी रसुवागढी  नाकामा चीनले अघोषित नाकाबन्दी नै लगाएएर आयात-निर्यात नै रोकेको थियो।

चिनियाँ रवैयाका कारण तड्पिएरहेका व्यापारी राजदूतको यस्तो दाबी बाहिरिएपछि अचम्मित भएका थिए ।

लामो समयदेखि चीनले रसुवागढी नाकामा अवरोध गरेपछि चीनतर्फका १००० भन्दा बढी कन्टेनरका सामग्री बिग्रने अवस्थामा पुगेको बेला यान्छीको गलत दाबीले व्यापारीहरु आक्रोशित बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077