Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्रीको प्रस्ताव लिएर प्रचण्ड–नेपाल बुढानिलकण्ठमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आगामी प्रधानमन्त्री बन्न आग्रह गर्दै देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

ओलीको असंबैधानिक कदमको खारेजीसँग प्रचण्ड–नेपालले आगामी सरकार ओलीबाहेकको राष्ट्रिय सहमतिको हुनुपर्ने जनाउँदै त्यसमा जनता समाजवादी पार्टीलाई पनि समेटेर जानुपर्ने सुझाव दिएका छन्।

तर, प्रचण्ड–नेपालले देउवासमक्ष प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव पारित गराउनका लागि सहयोगको शर्त पनि अघि सारेका छन्।

त्यसैगरी प्रचण्ड–नेपालले जनता समाजवादी पार्टीको पनि समर्थन आवश्यक रहेकाले संयुक्त सरकारका लागि प्रस्ताव गरिएको बुझिएको छ ।

संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डले बधाई साटासाट गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूह विरोधमा सडक आन्दोलनमा उत्रिएका थिए ।

शीर्ष नेतासहितको कांग्रेस पदाधिकारी बैठक बस्ने तयारी पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077