Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीलाई गलहत्याएर राजिनामा गराउने पम्फाको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलहत्याएर राजिनामा गराउने चेतावनी दिएकी छिन् ।

नेतृ भुसालले संविधानको हत्या गर्ने ओलील्ेले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।

राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् ।

उनले भनिन्–‘मैले त हिजै राजीनामा आउँला भनेर सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ ।’

प्रधानमन्त्री ओली पशुपतिनाथ गएको प्रसंग निकाल्दै उनले भनिन्–‘पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस् ।

सम्बोधनका क्रममा नेतृ भुसालले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् ।

जनसंघर्ष समितिका सहसंयोजक समेत रहेकी भुसालले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् । उनले भनिन्–‘प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो । राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077