Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'एक व्यक्तिको सनकको भरमा लोकतन्त्र सकिँदैन, न्याय मर्दैन'

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीमा अलिकता पनि नैतिकता बाँकी भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भने–‘कुनै एक व्यक्तिको सनकको भरमा लोकतन्त्र सकिँदैन, न्याय मर्दैन भन्ने प्रमाण हो यो । केपी ओलीजीमा अलिकती पनि नैतिकता बाँकी छ भने तुरुन्त राजीनामा दिनुपर्छ ।’

संसद पुनर्स्थापनाको फैसलाले न्यायालयको गरिमा र सम्मान झन उचाइमा पुगेको बताउँदै उनले भने–‘न्यायालयको फैसलाले हामी खुसी भएका छौं, न्यायालयको सम्मान र गरिमा पनि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077