Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीसँग एकता होइन काँग्रेससँग सहकार्य चाहिं हुनसक्छ : प्रचण्ड–माधव समूह

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनासँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा (दाहाल–नेपाल समूह)को स्थायी कमिटी र्बठकले राजनीतिक स्थिरताका लागि सबै शक्तिसँग मिलेर अगाडि बढ्ने निर्णय गरेको छ।

आज बसेको बैठकले सर्वोच्चको गरेको संसद पुनर्स्थापनाको फैसलालाई स्वागत गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासलाई सुदृढिकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरणका लागि आत्मसमीक्षा सहित अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले भने–‘लोकतन्त्रको कार्यान्वयनका लागि सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अगाडि बढ्ने निर्णय गर्‍यो ।’

बैठकले प्रतिगामी कदम तत्काल असफल पारिए पनि त्यस्ता गतिविधि भविष्यमा नहुन भन्न सचेत हुनुपर्ने निष्कर्षसमेत निकालेको छ।

तत्काल नेकपाको ओली समूहसँग मिलेर जान सक्ने अवस्था नभएको बताउँदै प्रवक्ता श्रेष्ठले भने–‘हामी एकताका पक्षमा हिजो पनि थियौँं। आज पनि छौँं। तर, अहिलेकै अवस्थामा पार्टी एकता हुन्छ भन्नु अर्को भ्रम हुन सक्छ। हामी भ्रममा बस्न सक्दैनौं । हामीले हिजो एकता पनि जोगाउने र लोकतन्त्र र संविधानको पक्षमा कुरा गर्दा ओलीले गुटवादी प्रयन्त गरे, संविधान मिच्ने काम गरे। हामीले त्यसको विरोध गरेका हौँं। पार्टी एकतालाई प्रहार गर्ने पार्टीलाई चोइट्याउने, संविधान र लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भयो। आत्माआलोचना गर्दै त्यस्ता गतिविधि नगर्ने प्रतिवद्धतासहित आए सम्भावना छ। तत्काल त्यस्तो देखिँदैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077