Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद पुनर्स्थापनाबारे भारतको यस्तो प्रतिक्रिया

काठमाडाैं । हरेक राजनीतिक घटनाक्रमसँग जोडिने छिमेकी मुलुक भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ ? भन्ने प्रश्नमा प्रवक्ताले त्यस्तो बताएका हुन् ।

प्रवक्ता श्रीवास्तवले भने–‘हामीले २३ फेब्रुअरीको नेपालको सर्वोच्च अदालतको फैसलालाई हेरेका छौं । हामीले विगत केही महिनादेखि नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौं । हामीले पहिले पनि भन्दै आएको यो नेपालको आन्तरिक मामिला हो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077