काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरेको निर्णय मान्य नहुने बताएको छ ।
सोमबार बिहान बसेको बैठकले सचेतक गुरुङलाई बर्खास्त गर्ने निर्णय ओलीको व्यक्तिगत रहेको भन्दै पार्टीले आपत्ति जनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रधानमन्त्री ओलीले संसद पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी अर्का नेता विशाल भट्टराईलाई भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।
त्यस्तै आज बसेको बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरूले गरेको दाबीका आधारमा छिट्टै निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।