Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देश धरापमा पार्ने ओलीलाई समर्थन गर्न हुँदैन : बरिष्ठ नेता पौडेल

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई धरापमा पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।

बिहीबार चितवनमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने, ‘केपी ओलीले देशलाई, व्यवस्थालाई र संविधान सबैलाई धरापमा पार्नुभयो । त्यसैले ओलीलाई सपोर्ट गर्न कांग्रेसको नैतिकताले दिँदैन ।’

नेता पौडेलले बरु प्रचण्ड-माधव समूहलाई सरकारको नेतृत्व गर्न दिने विषयमा पार्टी सकारात्मक हुन सकिने प्रस्ट्याए । ‘यसमा बरु सकारात्मक हुन र छलफल गर्न सकिन्छ,’ पौडेलले भने ।

कार्यक्रममा नेता पौडेललेभने, ‘अहिले नाजुक स्थिति रहेको छ, यसलाई पार लगाउन कांग्रेसबाहेक अरुले भूमिका खेल्ने हैसियत छैन । उनले कांग्रेस आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग पुर्‍याए पार्टीको भूमिका अझै ठुलो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077