Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई प्रधानमन्त्री बनाउने सम्भावना

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

सांसदहरुको धारणा लिन संघीय संसद भवन, बानेश्वरमा दलको बैठक बस्न लागेको हो ।

यसअघि बिहिवार बसेको कांग्रेस पदाधिकारी बैठकमा मुलुकको राजनीतिक निकासका लागि तीन विकल्पमा छलफल भइरहेको थियो ।

कांग्रेसले नेकपाको कुनै एक समूहसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउने भन्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारेको छ ।

आज बस्ने संसदीय दलको बैठकमा पनि यी तीन विकल्पमा छलफल हुने देखिन्छ ।

कांग्रेस भित्र पुर्नस्थापित संसदलाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक फरक मत रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077