Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यस्तो छ आज फागुन २३ गते आइतबारको राशिफल

    यस्तो छ आज फागुन २३ गते आइतबारको राशिफल

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।



    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समयछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज कसैलाई परदेशी घर फर्कने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । समाज र परोपकारका समय बित्न सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुस्ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।– ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार