Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यस्तो छ आज फागुन २४ गते सोमबारको राशिफल

    यस्तो छ आज फागुन २४ गते सोमबारको राशिफल

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम विग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्रमा रूची बढ्नेछ ।



    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोवारमा सफलता पाइएला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पुरा हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    भाग्यले विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार