Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : आज के के हुँदै छ ?

काठमाडौँ। बुधवार पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेश गरिने भएको छ ।  सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गर्दै गृहमन्त्री, स्वास्थ्यमन्त्री र कानुनमन्त्रीले विभिन्न अध्यादेश पेस गर्ने जनाएको छ।

बैठकमा सभामुखले प्रतिनिधिसभा सदस्यहरू सानु शिवा र सूर्यबहादुर केसी तथा केही पूर्वसदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा छ।

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशको विरोधमा नेपाली काँग्रेसका सांसदहरूले नाराबाजी गरेपछि आइतवारको बैठक सभामुखले स्थगित गर्नुपरेको थियो।

सम्भावित कार्यसूचीमा के छ ?

गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ पेस गर्नेछन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्सूची छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश २०७७, यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० अध्यादेश, २०७७ पेस गर्ने सङ्घीय संसद्‌का महासचिव भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा सदस्यहरू सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्वसंविधानसभाका केही सदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा रहेको छ।

यी सबै आइतवारकै बैठक स्थगित हुन नपाएका कारण थाँती रहेका कार्यसूची हुन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077