Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डेढ लाख घुससहित कर अधिकृत होटलबाट पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृतलाई डेढ लाख घुससहित रंगेहात पक्राउ गरेको छ ।

आयोगको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको अख्तियाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार पक्राउ परेका उनीहरुले डिष्टिलरी उद्योगीसँग कर बापतको रकम मिलाइदिने नाममा घुस लिएका थिए ।

बुधवार साँझ स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा दुवै जना पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यस्तो छ अख्तियारको विज्ञप्ति

प्रेस विज्ञप्ति : मिति २०७७।११।२७ गते ।

जिल्ला धनुषा स्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि अतिरिक्त रकम माग गरी आर।एन। मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई लिन लगाएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज नविन कुमार कर्णलाई सेवाग्राहीबाट रु। १,५०,०००।– ९एक लाख पचास हजार रुपैयाँ० अतिरिक्त रकम लिएको अवस्थामा उक्त रकमसहित जिल्ला धनुषा, जनकपुरधाम उप(महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र कर अधिकृत रमेश ढकाललाई जिल्ला धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट मिति २०७७।११।२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077