Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थाईल्यान्डमा कोरोनाभाइरस खोप अभियान स्थगित

    थाईल्यान्डमा कोरोनाभाइरस खोप अभियान स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    एजेन्सी। रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित गरेको भन्दै थाईल्यान्डले शुक्रबार खोप अभियान स्थगित गरेको छ । तर विश्वका धेरै स्वास्थ्य निकायहरुले अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेपनि खोप अभियान स्थगित गर्न थालिएका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप र अन्य सचेतना बढाइएको भन्दै कोभिडको त्रासबाट अमेरिकीलाई निराश नहुन आह्वान गरेकै दिन थाईल्यान्डले खोप अभियान स्थगन गरेको छ ।



    अमेरिकामा अहिले खोप अभियान तिब्र रुपमा अघि बढेको छ ।



    वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एकमात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

    तर अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड खोपका कारण मानिसको शरीरमा रगत जमेको भन्ने रिपोर्टका आधारमा बिहीबार डेनमार्क, नर्वे, आइसल्यान्ड, इटाली र रोमानीयाले अस्ट्राजेनिकाको खोप लगाउन रोकेका छन् ।

    स्वास्थ्यसम्बन्धी नियामक निकायहरुले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन्, तर सावधानीका लागि खोप अभियानमा ढिलाई गरिएको युरोपेली मुलुकहरुको भनाई छ ।

    अस्ट्रेलिया, मेक्सिको र फिलिपिन्सले भने खोप अभियान जारी राख्ने जनाएका छन् । क्यानडाले खोपका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिएको भन्ने बारेमा ठोस प्रमाण नभेटिएको जनाएको छ ।

    थाईल्यान्डको निर्णयसँगै प्रधानमन्त्री प्रयुत चानओचाले आफूले खोप लगाउने कार्य एकाएक रोकेको बताएका छन् । कोभिड–१९ खोप समितिका सल्लाहकार पियासाकोल साकोसतायाडोर्नले थाई नागरिकलाई खोप लगाउने कुरा सुरक्षित हुनुपर्ने बताउँदै खोप अभियान सञ्चालनमा हतार गर्न नहुने प्रतिक्रिया दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार