Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आफ्नो नेतृत्वमा सरकार गठन गर्न पौडेल समूहको देउवालाई आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले कांग्रेस नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

शुक्रबार दिउँसो पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । उक्त भेलाले सभापति देउवालाई आफ्नै नेतृत्वको सरकार गठनको प्रयास गर्न आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।

उता देउवाले सरकार गठनमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि दिउँसो ३ बजे पदाधिकारी बैठक डाकेका छन् ।

गत आइतबार सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जसपाको सहयोग लिन खोजेका छन् ।

जसपाले भने आफ्नो माग जसले सम्बोधन गर्छ उसैलाई समर्थन गर्ने जनाएको छ।

आज एकैदिन जसपाका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीलाई र कांग्रेस सभापति देउवालाई भेट्दैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077