Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

किशोरीलाई गर्भ बोकाएको आरोपमा युवक पक्राउ

बारा । बारामा किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका १० का ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरी पक्राउ गरेको हो ।

पासवानले १७ वर्षीया किशोरीलाई विवाह गर्छु भनी होटेलमा लगी पटक पटक यौन सम्बन्ध राखेको खुलेको छ । यसरी यौन सम्बन्ध राखेपछि अहिले ति किशोरी गर्भवती बनेकी छिन् ।

किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पासवानलाई पक्राउ गरिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077